नेपाली समय: ०५:०४:०९ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

हृदयाघातका कारण भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन !

निर्माण सञ्चार, २२ साउन, ०७६, काठमाडौं । भारतका पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन भएको छ। ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइएमएस) मा मंगलबार राति निधन भएको हो ।

उनलाई राति १० बजेर २० मिनेटमा एआइएमएसको इमर्जेन्सीमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको स्रोतलाई उद्‍धृत गर्दै वायरले जनाएको छ। 

उनको मृत्यु हृदयाघातका कारण भएको टाइम्स अफ इन्डियाले जनाएको छ। 

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन्। 

उनको पार्थिव शरीरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत रक्षामन्त्री राजनाथ सिंह सहितका भाजपा नेताहरुले श्रद्धाञ्जली दिइरहेका छन् ।

अन्य दलका शीर्ष नेता सहित सर्वसाधारणको पनि घुइचो छ ।


२६ मे, २०१४ देखि पाँच वर्ष उनी भारतको विदेश मन्त्री रहिन्। इन्दिरा गान्धीपछि यो जिम्मेवारी सम्हाल्ने उनी दोस्रो भारतीय महिला हुन्। 

१९७७ मा उनी हरियाणाबाट चुनाव जितेर २५ वर्षकै उमेरमा राज्यमन्त्री भएकी स्वराज उमेरको दोस्रो दशक नपुग्दै राजनीतिमा प्रवेश गरेकी थिइन्। 

उनी दिल्लीको मुख्यमन्त्री समेत भइन्। 

मोदीले एक असाधारण नेताको निधनले देश शोकमा रहेको बताएका छन् ।

भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ ।

त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ ।

https://twitter.com/narendramodi/status/1158802378998419457  

०००

 

To see front face coverage, click here



प्रकाशित: २०७६ साउन २२
August 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार