नेपाली समय: ०१:००:१२ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

सन्राइज बैंकले गर्यो साखारहित बैंकिङ सेवाको विस्तार

निर्माण सञ्चार, २२ साउन, काठमाडौं । सन्राइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

हलदीबारी गाउँपालिकाको अध्यक्ष, श्री रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख श्री विवेक कुमार  निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए ।

सो समारोहमा  हलदीबारी गाउँपालिकाको अध्यक्ष, श्री रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ सेवाको एजेन्ट – प्रतिनिधि श्री सर्बधन तामाङलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । 

हालसम्म सन्राइज बैंकले ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले  आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहररुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ । 


०००
झापा,हलदीबारी,सन्राइज बैंक



प्रकाशित: २०७६ साउन २२
August 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार