नेपाली समय: ०५:०१:१९ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

पूर्वप्रधानमन्त्रीकी छोरी मरियम पक्राउ

निर्माण सञ्चार, २३ साउन, काठमाडौं । पाकिस्तान का पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाज शरिफ पक्राउ परेकी छन्। मुस्लिम लिग नवाजकी उपाध्यक्ष समेत रहकी मरियमलाई पाकिस्तानी जाँच एजेन्सी नेसनल एकाउन्टिबिलिटी ब्युरो (एनएबी)ले पक्राउ गरेको हो।

पाकिस्तानी सञ्चार माध्यमका अनुसार मरियमलाई उनको बुबा नवाज शरिफलाई लखपत जेलमा लगिएको बेला पक्राउ गरिएको हो। उनलाई बुधबार साँझ एनएबीले पक्राउ गरको बिबिसीले जनाएको छ।मरियमलाई चौधरी सुगर मिल मुद्दामा पक्राउ गरिएको बताइएको छ।



प्रकाशित: २०७६ साउन २३
August 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार