नेपाली समय: ०१:०२:०० अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

ललितपुरको कुपण्डोलमा सन्राइज बैंकको ११७ औं शाखा संचालन


निर्माण सञ्चार, २४ साउन, काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

यसै क्रममा बैंकले कुपण्डोलमा ११७ औँ शाखा संचालनमा ल्याएको छ ।

बिहिबार आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सन्राइज बैंकका संचालक समितिका सदस्य श्री ई. बच्छराज तातेडले संयुक्त रुपमा शाखा कार्यालय र ए. टि. एम. को उद्घाटन गरेका थिए । 

उक्त कार्यक्रममा संचालक समितिका सदस्यहरु श्री शारदा शर्मा पुडासैनी, श्री ओम कृष्ण जोशी तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालका साथै बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन्राइज बैंकले ११७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले  आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ । 

०००



प्रकाशित: २०७६ साउन २४
August 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार