नेपाली समय: ०१:०६:०० अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

काठमाडौंको नैकापमा सन्राइज बैंकको ११६ औं शाखा संचालन

निर्माण सञ्चार, २३ साउन, काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

यसै क्रममा बैंकले नैकापमा ११६ औँ शाखा संचालनमा ल्याएको छ ।

बुधबार आयोजित औपचारिक कार्यक्रमा चन्द्रागिरी नगरपालिकाका मेयर श्री घनश्याम गिरी र सन्राइज बैंकका संचालक समितिका सदस्यहरु श्री ई. बच्छराज तातेड तथा श्री शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालय र ए. टि. एम. को उद्घाटन गरेकाथियो ।

उक्त कार्यक्रममा  बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन््राइज बैंकले ११६ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले  आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ । 

०००

 



प्रकाशित: २०७६ साउन २४
August 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार