नेपाली समय: ०६:४६:०६ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

केरलामा बाढीले २० को मृत्यु

निर्माण सञ्चार, २४ साउन, काठमाडौं । भारतको दक्षिण राज्य केरलामा अबिरल वर्षाका कारण आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ ।

त्यस्तै बाढीका कारण २२ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।प्रत्यक्षदर्शीको भनाइलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले केरलाको प्रायः सबै भागमा भारी वर्षापछि बाढीको प्रकोप निम्तेको हो ।

बाढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिविरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २४
August 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार