नेपाली समय: ०५:०४:५७ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

खाता सुचारु गर्न प्राधिकरणको आग्रह, 'नगरे निस्क्रिय तुल्याइने छ'

निर्माण सञ्चार, २६ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खाता सुचारु गरी अनुदान रकम लिन लाभग्राहीलाई आग्रह गरेको छ। प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न आग्रह गरेको हो। 

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निस्कृय भएको बताए। उनले भने,‘ लाभग्राहीले आफ्नो खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजीआवास पुनर्निर्माण गरेर लाभ लिए राम्रो हुनेछ।’

उनका अनुसार समयमै खाता सक्रिय नगर्नेहरुको हकमा प्राधिकरणले खाता निस्क्रिय तुल्याइने छ।आइतबार अपरान्हसम्मको तथ्यांकअनुसार पहिलो किस्ता लिएका ७ लाख ६७ हजार ६०८ लाभग्राहीमध्ये ६ लाख २ हजार ४४३ ले घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिएका छन्। 



प्रकाशित: २०७६ साउन २६
August 11th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार