नेपाली समय: १०:१९:१९ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

भ्रष्टाचारविरुद्ध प्रशासनको एक्सन : निर्देशन नटेरेपछि  रेडक्रसलाई कारवाहीको चेतावनी

निर्माण सञ्चार, २७ साउन, काठमाडौं । सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीले जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनलाई अटेरी गरेको छ। पछिल्लो समय भ्रष्टाचार र अनियमितताको आरोप लागेर चरम विवादमा फसेको रेडक्रसमाथि प्रशासनले पत्र काट्दै कारवाहीको चेतावनी दिएको छ।

अटेरीविरुद्ध प्रशासनले रेडक्रस सोसाइटीको नेतृत्वलाई सो पत्र मार्फत २४ घण्टे स्पष्टिकरण समेत सोधेको छ। संस्था दर्ता ऐन २०३४ को दफा १२ को उपदफा ४ बमोजिम कारबाही किन नगर्ने भन्दै जिल्ला प्रशासनले २४ घण्टे स्पष्टीकरण मागेको हो । 

साधारणसभा स्थगित गर्न प्रशासनले दिएको निर्देशनलाई बेवास्ता गर्दै रेडक्रसले पुनस् बनेपामा साधारणसभा बोलाएपछि  कानूनअनुसार संस्थासंस्थामाथि  कारवाही चेतावनी दिएको हो ।

वर्तमान कार्य समितिको वैधानिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै साधारण सभा नगर्न दिएको निर्देशन रेडक्रस सोसाइटीले अटेरी गरेको हो। साधारणसभा स्थगित गर्न प्रशासनले दिएको निर्देशनलाई बेवास्ता गर्दै रेडक्रसले पुन: बनेपामा साधारणसभा बोलाएपछि  कानूनअनुसार संस्थासंस्थामाथि कारवाही चेतावनी दिएको हो ।



प्रकाशित: २०७६ साउन २७
August 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार