नेपाली समय: ०५:०९:३९ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

कलंकी–नागढुंगा सडक बिस्तारको म्याद फेरि थप्ने तयारी

निर्माण सञ्चार, २७ साउन, काठमाडौं । पछिल्लो समय कलंकी–नागढुंगा सडकखण्डको बिस्तारले गति लिएपनि तोकिएको समयमा निर्माण कार्य सम्पन्न नहुने देखिएको छ।

तोकिएको समयमा उक्त सडकखण्ड विस्तार नहुने छाँटकाँट देखिएपछि म्याद चौथोपटक थप हुने भएको छ । तीनपटक म्याद थप्दा पनि काम सकिएपछि चौथोपटक म्याद थप्ने तयारी भएको हो ।

काठमाडौं सडक बिस्तार आयोजनाका  प्रमुख अर्जुनप्रसाद आर्यालले सडक बिस्तारको जिम्मा लिएको ठेकदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले आगामी जेठसम्म म्याद थप्न गरेको बताए। उनले भने,‘ त्यति लामो समयको प्रस्ताव स्वीकार गर्न सकिने अवस्था छैन्।’

यो सडक बिस्तारमा भएको ढिलाइले काठमाडौंको प्रमुख नाका अस्तब्यस्त बनिरहेको छ । स्थानीय क्षेत्रमा हिलो र धुलोले सास्ती दिएको छ । दैनिक यो सडकमा यात्रा गर्नुपर्नेहरु ४ वर्षदेखि पीडित छन् ।

मुआब्जा सम्बन्धी झमेला आएपछि सरकारले विवादित क्षेत्रमा सडक विस्तार नगरी कालोपत्रे गर्न अनुमति दिएको थियो । यसले गर्दा यो सडक कतै फराकिलो बनेको छ भने कतै घर भत्काउन नपाएपछि निकै साँघुरो छ । यसले गर्दा २२ मिटर फराकिलो बनाउने भन्दै थालिएको सडक बिस्तार निकै अस्तव्यस्त छ ।

आर्यालका अनुसार गत असारमै यो आयोजनाको म्याद सकिएको हो । तर, बिभिन्न खण्डमा सडक कालोपत्रे गर्नै बाँकी छ भने बनेका सकडहरु पनि भत्किएका छन्। उनले भने,‘ यो काम सक्न अन्तिम पटकका लागि शैलुङलाई कति सयम दिने भन्नेबारे छलफल भइरहेको छ।’

शैलुङ कन्स्ट्रक्सनले यो सडक बिस्तारको काम २०७४ असोजसम्ममा सक्नुपर्ने थियो । तर, काम नसकिएपछि सरकारले पहिलोपटक ६ महिना थप गर्‍यो । २०७४ को वैशाखसम्म पनि काम नसकिएपछि दोस्रोपटक एक वर्षको म्याद थपियो ।

पुनः गत वैशाखसम्म काम नसकिने भन्दै उसलाई असारसम्म म्याद थपिएको थियो । तर, तीन पटक म्याद थप्दा पनि काम नसकेपछि शैलुङलाई अन्तिम मौका दिने तयारी सडक विभागले गरिरहेको छ।

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २७
August 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार