नेपाली समय: ०६:४३:०६ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

एमबीएसको प्रश्नपत्र बाहिर ल्याउने पाँच जना पक्राउ

निर्माण सञ्चार, २७ साउन, काठमाडौं । जनकपुरमा एमबीएसको प्रश्नपत्र बाहिर ल्याउने पाँच जना पक्राउ परेका छन्। परीक्षा अगाबै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा ३० बर्षीय लीलाराज शिवभक्तिसहित विद्यार्थीहरु रहेका छन्।

परीक्षाबाट सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराउने अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टर अन्तरगत तथ्याङ्कशास्त्र बिषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको धनुषाको प्रहरी उपरीक्षक शेखर खनालले बताए।

स्थानीय सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा प्रश्नपत्रको फोटोकपी गरिरहँदा प्रहरीले गोप्य सुचनाको अधारमा उनीहरुलाई पक्राउ गरेको हो । प्रश्नपत्र बाहिर ल्याउने घटनामा संलगनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान थालेको छ।

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २७
August 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार