
सिंचाइका लागि निःशुल्क सौर्य पम्प जडान
निर्माण सञ्चार, २७ साउन, काठमाडौं । किसानको सहजताका लागि कञ्चनपुरमा सिंचाइका लागि निःशुल्क सौर्य पम्प जडान गरिएको छ। बेलौरी नगरपालिका ४ मा ६ वटा सौर्य पम्प जडान गरिएपछि किसानलाई सिंचाइ गर्न सजिलो भएको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदानमा साना किसानलाई सिचाई सुविधा उपलव्ध गराउनका लागि निःशुल्क रुपमा सौर्य पम्प जडान गरिएको वडा नं. ४ का वडाध्यक्ष अर्जुन ढकालले बताए।
एउटा सौर्य पम्पमा चार वटा सौर्य पाता अढाई हर्ष पावरको मोटर, स्टार्टर लगायतका सामग्री प्रयोग गरिएको छ। व्यवसायिक तरकारी खेती गर्ने र माछापालनमा लागेका किसानका खेतमा सौर्य पम्प जडान भएपछि किसान खुसी भएका छन।
वडा अध्यक्ष ढकालले भने, ‘सौर्य पम्पका लागि आवश्यक पर्ने सामग्रीदेखि जडानसम्म सबै कार्य निःशुल्क रुपमा गरिएको छ।’
उनका अनुसार एउटा सौर्य पम्पबाट एक विघा खेतलाई सिंचाई गर्न सकिन्छ। किसानले सौर्य पम्प जडान गरेपछि विद्युतीय मोटर र डिजेल पम्पसेटबाट सिंचाई गर्दा लाग्ने खर्चबाट जोगिएका छन।
बजारबाट सौर्य पम्पका सामग्री खरिद सँगै जडान गर्दासम्म चार लाख बढी खर्च लाग्ने गर्दछ। अझै वैकल्पीक ऊर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरी २० वटा सौर्य पम्प किसानका खेतमा जडान गर्ने योजना रहेको वडा अध्यक्ष ढकालले बताए।
OOO
To See front face coverage, click here
प्रकाशित: २०७६ साउन २७
प्रकाशित: २०७६ साउन २७
प्रतिक्रिया दिनुहोस्