नेपाली समय: ०६:४३:२३ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

सनराइज बैंकका थप दुई शाखा र एक एक्सटेन्सन काउन्टर विस्तार

निर्माण सञ्चार, २७ साउन, काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने कामलाई तीब्रता दिएको छ। सोहीक्रममा सनराइज बैंकले गुल्मीको तम्घास र पर्वतको कुश्मामा नयाँ शाखा तथा ललितपूरको सानागाउँमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रमका बीच कुश्मा नगरपालिकाका नगर प्रमुख राम चन्द्र जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा कुश्मा शाखाको उद्घाटन गरेका थिए।

त्यस्तै सोही शाखाको पर्वत जिल्लाकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले संयुक्त रुपमा एटिएमको उद्घाटन गरे ।त्यसैगरी रेसुंगा नगरपालिकाका नगर प्रमुख डिल्ली राज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रुपमा तम्घास शाखाको उद्घाटन गरेका थिए।

त्यस्तै, सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द« मिश्रले संयुक्त रुपमा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे ।अब योसँगै सनराइज बैंकको शाखा संख्या ११९, एटिएम १३७ र एक्सटेन्सन काउन्टर ६ वटा पुगेको छ । यसबोहक, बैंकका ३८ वटा शाखारहित बैंकिङ्ग सेवा छन् भने पाँच लाखभन्दा बढी ग्राहक रहेका छन् ।

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २७
August 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार