नेपाली समय: ०६:४७:०८ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

गुणस्तरीय शिक्षा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा जनता बैंकको दुई लाख सहयोग

निर्माण सञ्चार, २७ साउन, काठमाडौं । पछिल्लो समय गरिबीकै कारण ग्रामिण क्षेत्रका अधिकांश बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुँदै आएका छन्। सोही शिक्षा क्षेत्रका गुणस्तरीयता थप्नको लागि जनता बैंकले दुई लाख रुपियाँ सहयोग गरको छ। ‘गुणस्तरीय शिक्षा सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलनलाई उक्त २ लाख सहयोग स्वरुप बैंकले प्रदान गरेको हो।

रातो बंगला फाउण्डेसनले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आगामी भदौ ७ देखि ९ गते सम्म आयोजना गरिने सम्मेलनमा देशको बिभिन्न स्थानबाट आउने १० जना राष्ट्रिय वक्ताको लागि प्रायोजन स्वरुप उक्त सहयोगरकम प्रदान गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले बताए। रातो बंगाला फाउण्डेसनको प्रोग्राम अफिसर स्मृति पोखरेललाई उक्त रकम हस्तान्तरण गरिएको छ।

‘विद्यार्थी केन्द्रित शिक्षामा प्रतिबद्धता’ मूल मर्म रहेको उक्त सम्मेलनमा पूर्व प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी, दिगो बिकासमा शिक्षा जस्ता विषयहरु समेत समेटिने छन्।

 राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता रहने सम्मेलनमा पूर्व विद्यालय शिक्षा देखि विद्यालय तहसम्मको शिक्षामा ल्याउन सकिने सुधारका सम्बन्धमा शिक्षण विधि, अनुसन्धान, परिवर्तित विश्व अर्थ–राजनैतिक तथा विविध विषयमा छलफल हुनेछ।

जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ । बैंकले विगत बर्षहरु देखिनै ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई विभिन्न प्रकारको छात्रवृत्तिको ब्यबस्था गर्नुको साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ।

जनता बैंकले हाल देश भरीबाट गरि कूल १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा र ३ एक्स्टेन्सन काउण्टरबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २७
August 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार