नेपाली समय: ०५:११:५९ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

ग्लोबल आइएमई बैंकको दैनिक १२ घण्टा सेवा 

निर्माण सञ्चार, २७ साउन, काठमाडौं । आफ्ना ग्राहकहरुलाई सर्वसुलभ सेवा तथा सुविधा उपलब्ध गराउने अभिप्रायले ग्लोबल आइएमई बैकले दैनिक १२ घण्टा सेवा सूचारु गरेको छ। आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु भएको हो।

आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने छ ।बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै खुल्ला रहने बैंकले जनाएको छ । शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ ।

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २७
August 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार