नेपाली समय: ०५:०६:०४ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

मन्त्री महासेठको घोषणा : काठमाडौंको ६ स्थानमा  ‘ओभरहेड ब्रिज’ निर्माण हुने

निर्माण सञ्चार, २७ साउन, काठमाडौं ।  सरकारले काठमाडौंको स्थानमा  ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ।  

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले  ब्रिज निर्माणका लागि आवश्यक डिजाईनको काम सुरु भईसकेको बताए।

उनले भने,‘ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ओभरहेड ब्रिज’ निर्माण गरिने छ।’काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण हुने मन्त्री महासेठले कार्यक्रमै घोषणा गरे।

मन्त्री महासेठले चालू आर्थिक वर्ष भित्र काठमाडौंको सडकमा स्मार्ट लाईट व्यवस्थापन गर्ने योजना पनि अघि सारेको बताए। उनले त्यसका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको पनि बताए।

त्यस्तै उनले सरकारद्वारा काठमाडौंलाई एक वर्ष भित्र सुन्दर सहरको रुपमा विकास हुने गरी पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य बनाएको दावी पनि गरे।

उनले मुलुकमा रेल सेवा संचालनका लागि रेलमार्ग निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २७
August 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार