नेपाली समय: ११:०४:२१ बिहान
वि.सं २०७६ मंसिर २९   आइतबार

क्रिकेटर सन्दीपलाई अमेरिकी दूतावासले 'भिसा रिभ्यू'का लागि बोलायो

निर्माण सञ्चार, २८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा रिभ्यू गर्न फेरि बोलाएको छ। क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि भिसा अप्लाई गरेका लामिछानेलाई बिहान भिसा दिन अस्वीकार गरेको दूतावासले रिभ्यूका लागि दिउँसो फेरि बोलाएको हो।

धानमन्त्री, दूतावास लगायतलाई ‘मेन्सन’ गरेका उनलाई दूतावासले ‘रिभ्यू’का लागि बोलाएको बताइएको छ । शिवाकोटीका अनुसार उनीहरु महाराजगञ्जस्थित अमेरिकी दूतावास फेरि गएका छन् । सन्दीपले पनि ट्वीट गर्दै समस्या समाधानु भएको बताए । यसको मतलब दूतावास उनीप्रति सकारात्मक भएको बुझिन्छ ।

पछिल्लो जानकारी अनुसार अमेरिकी दूतावासले सन्दीपका कागजात फेरि संकलन गरेर राखेको छ । क्रिकेटर लामिछाने लिगमा जानुअघि अमेरिका पुग्न चाहेका थिए । तर भिसा अस्वीकार गरेपछि उनले ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २८
August 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार