नेपाली समय: ०६:४५:४७ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

किन आकासियो सुनको मूल्य?

निर्माण सञ्चार, २८ साउन, काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। केही दिन स्थिर रहेको सुनको भाउ मंगलबार एक हजार रुपैयाँले बढेको छ। मंगलबार सुन प्रतितोला ७१ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो। सुन चाँदी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार मूल्य बढ्नुको मुख्य कारण अमेरिका र चीनबीचको व्यापार युद्ध हो।अमेरिकाले चिनियाँ वस्तुमा भन्सार वृद्धि गरेपछि चौतर्फी असर परेको महासंघको दाबी छ।

व्यवसायीका अनुसार मूल्य बढ्नाको मुख्य कारण अमेरिका र चीनबीचको व्यापार युद्धको त्रास नै हो।सुनको भाउ बढ्नुमा डलरको भाउ र तेलको मूल्यमा उतारचडाबले असर पार्ने गरेको छ। शाक्यका अनुसार बजारमा सुन खरिद गर्नेभन्दा पुराना गहना बिक्री गर्ने ग्राहक बढेका छन्।

त्यस्तै ट्रेड वार तथा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर बढ्दै गएको हो। यसअघि तीनदिनसम्म सुन तोलाको ७० हजारमा कारोबार भएको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ।

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २८
August 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार