नेपाली समय: १०:५६:२४ बिहान
वि.सं २०७६ मंसिर २९   आइतबार

अर्बौको लगानीमा १०८ कोठे अकामा होटल

निर्माण सञ्चार, २८ साउन, काठमाडौं । गैरआवासीय नेपालीद्वारा प्रवद्धित सानिमा समूहले जलविद्युत्, बैंक, बिमा, शिक्षा, हस्पिटल, मिडिया लगायतको क्षेत्रमा गरेको लगानीलाई थप विस्तार गर्दै होटल क्षेत्रमा प्रवेश गरेको छ। 

उक्त समूहले काठमाडौंको धुम्बाराहीमा अर्बौको लगानीमा सुविधा सम्पन्न अकामा होटल सञ्चालनमा ल्याएको छ । होटलले सोमबार पत्रकार सम्मेलन गरेरै सेवा शुभारम्भ भएको जानकारी दिएको हो। २ अर्ब ९ करोड खर्चेर सानिमा समूहले निर्माण गरेको होटलमा १०८ कोठा छन् भने एक पटकमा यस होटलले अधिकतम २१५ जनालाई सेवा दिनसक्ने जनाइएको छ । 

अकामा होटलमा सुपेरियर ९५, डिलक्स ६, डिलक्स सुइट ४, फ्यामिली सुइट २ र एउटा प्रेसिडेन्टर सुइट रहेको छ । होटलका अध्यक्ष विनयकुमार श्रेष्ठका अनुसार संस्कृतमा अकामालाई ‘वर्चस्व’ भनिन्छ । सानिमाले हात हालेको ठाउँमा आफ्नो वर्चस्व कायम गर्ने उद्देश्यले होटलको नाम नै अकामा राखिएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’को तयारीसँगै निजी क्षेत्रको यो व्यावसायिक समूहले होटलमा पनि लगानी गरेको हो। होटलका अध्यक्ष श्रेष्ठका अनुसार अरु क्षेत्रमा लगानी बढिरहेको भए पनि आतिथ्य क्षेत्रमा भने अकामा होटलमार्फत प्रवेश गरेको हो। यस क्षेत्रमा प्रवेशसँगै यो समूहले आवश्यकता अनुसार थप योजना बनाइने श्रेष्ठले बताए। सिद्धार्थ बैंकको सहवित्तीयकरणमा सनराइज बैंकको सवा अर्ब रुपैयाँ लगानी रहेको उनले जानकारी दिए।

होटलमा विश्वस्तरीय आधुनिक सेवालाई नेपाली मौलिकतामा ढाल्ने प्रयास गरिएको छ । होटलमा आउने पाहुनालाई स्थानीय नेवारी र हिमाली संस्कृतिको मिश्रण अनुभव होस् भनेर गम्भीरतापूर्वक ध्यान दिइएको होटलले जनाएको छ ।

होटलको नवौं तलामा रहेको चाओ बेला नामको चाइनिज इटालियन रेस्टुरेन्टमा अन्तर्राष्ट्रियस्तरको स्वाद र काठमाडौंको मनोरमपूर्ण दृश्यावलोकन गर्न सकिनेछ। होटलमा रहेका विभिन्न प्रकारका पाँचवटा हलले सभा–सम्मेलन–गोष्ठी वा अन्तक्र्रिया ९माइस० पर्यटन प्रवद्र्धन गर्नमा सहज हुनेछ। माइस पर्यटनकै निम्ति होटलमा १५ देखि १५ सय जनासम्मलाई भोज वा सामूहिक कार्यक्रम गर्न सक्ने सुविधा रहेको महाप्रबन्धक श्रेष्ठले बताए।

होटलमा आकर्षक पौडी पोखरी, बार, होटलभित्रको जिमक्लब, पार्किङ सुविधा छ। होटलले तत्कालै एक सय जनालाई रोजगारी दिएको छ। कुनै अन्तर्राष्ट्रिय चेनलाई प्राथमिकता नदिई नेपाली शैलीमै होटल सञ्चालन गर्ने श्रेष्ठ बताउँछन्। उनका अनुसार होटलमा रहेको सेवा सुविधा र क्षमताका आधारमा चार तारे स्तरमा स्तरीकरणको निम्ति पर्यटन विभागमा निवेदन दिइसकिएको छ। आवश्यक प्रक्रिया पुर्‍याएर होटललाई चारतारेमा वर्गीकरण गरिने जानकारी श्रेष्ठले दिए।

होटलका बजार तथा बिक्री निर्देशक कौशलकुमार सिंहका अनुसार होटल सञ्चालनको सुरुवाती अफरका रूपमा डिसेम्बर ३० सम्म विशेष छुट दिइएको छ। उनले भने,‘ यस्तो छुट कोठा प्रयोगमा ५० प्रतिशतसम्म र रेस्टुरेन्टको मेनुमा २० प्रतिशतसम्म छ।’ 

होटलमा समसामायिक डिजाइनमा स्थानीयपनको आभास दिने आधुनिक तथा विशेष आवासको व्यवस्था छ । शान्त एवं रमणीय वातावरणमा सुन्दर र आरामदायी कोठामा अतिथिले आफ्नो आवश्यकताअनुसार आधुनिक उपकरणहरू सहजै उपभोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

OOO

 

To See front face coverage, click here

 



प्रकाशित: २०७६ साउन २८
August 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार