नेपाली समय: ०६:४९:३१ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

कालोसूची प्रकरणले मेलम्चीको ठेक्का प्रक्रिया प्रभावित

निर्माण सञ्चार, २८ साउन, काठमाडौं ।  हिमालय एन्ड रमण जेभी कन्ट्रकसन सरकारले निकालेको कालोसूचीमा परेको कारण मेलम्ची खानेपानी आयोजनाको थप काम प्रभावित हुने भएको छ।

मेलम्चीको सुरुङ र बाँध निर्माणका लागि प्राविधिक मूल्यांकनमा छनोट भएको उक्त हाई हिमालय एन्ड रमण जेभी कालोसूची प्रकणमा परेपछि ठेक्काको बाँधी प्रक्रियामा सहभागी हुन नपाउने भएको छ । जसकारण मेलम्ची को थप काम प्रभावित हुने भएको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले गत मंगलबार जारी गरेको सूचनामा भनिएको छ– ‘रमण–पप्पु जेभी निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा प्रतिकूल प्रभाव पार्न सक्ने सम्भावना भएकाले कालोसूचीसम्बन्धी कारवाही प्रक्रिया टुंगो नलागेसम्म सार्वजनिक निकायको नयाँ खरिद कार्यमा भाग लिन नपाउने गरी रोक लगाइएको छ।’

यो सूचनाका कारण रमण–पप्पु जेभीले अब तत्काल मेलम्चीको आयोजनामा काम गर्न पाउने छैनन्।

तर मेलम्ची खानेपानी विकास समितिले आयोजनाको सुरुङ र बाँध निर्माणका लागि प्राविधिक मूल्यांकनमा छनोट भएका हाई हिमालय एन्ड रमण जेभी र चिनियाँ कम्पनी सिनो हाइड्रोलाई सहमति दिन आग्रह गर्दै एसियाली विकास बैंक(एडिबी) समक्ष पत्राचार गरेको छ। एडिबीले सहमति दिए यो ठेक्का हाई हिमालय एन्ड रमण जेभी र सिनो हाइड्रोले पाउने निश्चित छ।

कानुन अनुसार कालोसूचीको प्रक्रियामा रहेको कम्पनीको टुंगो नलाग्दासम्म ठेक्का सम्झौता हुन सक्दैन। ठेकेदार कम्पनी कालोसूचीको प्रक्रियामा रहेकाले तत्कालै ठेक्काको टुंगो लाग्ने सम्भावना छैन। 

अनुगमन कार्यालयका निर्देशक केशव प्रसाईले कालोसूची प्रक्रियाको टुंगो नलागेसम्म हाई हिमालयन एन्ड रमण जेभी कुनै पनि ठेक्काको बोलपत्रमा सहभागी हुन नपाउने स्पष्ट पारे। 

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २८
August 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार