नेपाली समय: ०५:०८:१४ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

पर्यटन मन्त्रीको घोषणा : 'अन्तर्राष्ट्रिय लगानी नजुटे निजगढ विमानस्थल सरकार आफैं बनाउँछ'

निर्माण सञ्चार, २८ साउन, काठमाडौं । संस्कृति,  तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माणको कार्यलाई तीब्रता दिदैँ निजगढ विमानस्थलको निर्माणको बारेमा बोलेका छन्।

मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणको लागि अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार स्वम निर्माण कार्यमा जुट्ने बताए।।

मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने सम्भावना नदेखिए सरकार स्वस्फुर्त रुपमा लाग्ने बताए। उनले भने, ‘निजगढ विमानस्थल सरकार कुनै पनि हालतमा निर्माण गरेर छाड्छ।’

मन्त्रालयले मङ्गलबार नै निजगढ विमानस्थलको लगानीका विषयमा लगानी बोर्डसँग पनि छलफल गर्दैछ । 

‘यो विमानस्थल निर्माणमा जति रकम लगानी लाग्छ, त्यो सबै एकैवर्षमा लाग्ने होइन’, उनले भने, ‘वार्षिक २०/२५ अर्ब रुपैयाँ सरकारका लागि ठूलो कुरा होइन ।

निजगढका रुख काट्नुअघि वृक्षारोपणको अभियान सुरु गर्ने भन्दै मन्त्री भट्टराईले आफू वन विनाश गर्न नभई विमानस्थल बनाउन आएको उल्लेख गरे । 

’आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सकेरै शिलान्यास गरिने उल्लेख गर्दै उनले भने, ‘सरकारले अब चाहिँ आयोजना बनाउछ है भन्ने प्रतिवद्धता देखाउन समेत शिलान्यास हुन्छ ।’

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २८
August 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार