नेपाली समय: ०६:५८:५४ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

कुलमान नेतृत्वमा विद्युत् प्राधिकरण नाफामा, कति भयो नाफा ?

निर्माण सञ्चार, २८ साउन, काठमाडौं । पछिल्लो समय व्यापक विद्युत चुहावटका कारण नेपाल विद्युत प्राधिकरणले घाटा व्यहोरिरहेकोमा विगत तीन वर्षदेखि सोचेभन्दा बढी नाफा गरिरहेको छ।

नेपाल विद्युत प्राधिकरणले गत आवमा विद्युत चुहावटलाई थप नियन्त्रण गर्दै १४९ प्रतिशत नाफा वृद्धि गरेको छ। विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरण कारण यतिको नामा आर्जन गर्न  विद्युत प्राधिकरण सफल भएको हो।  कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गर्न सफल भएको हो। 

२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।

त्यसपछिका आर्थिक वर्ष २०७४/७४ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो । यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको छ । ३४ वर्ष अघिसम्म प्राधिकरण निरन्तर घाटमा थियो । आव ०६६/६७  मा प्राधिकरणले ६ अर्ब ९६ करोड घाटा बेहोरहेको थियो ।

योसँग विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो ।

आर्थिक वर्ष २०७४/७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चि नोक्सानी १० अर्बले घटाएको छ ।प्राधिरकणले वर्षैसाल आफ्नो सञ्चित नोक्सानीलाई खुम्च्याउँदै लगेको छ । अबको एक देखि दुई वर्षमा प्राधिकरण सञ्चित नोक्सानीबाट बाहिर निस्कने अनुमान गरिएको छ ।

प्राधिकरणले आफ्नो नाफा बढाउँदै लगेकाले सञ्चित नोक्सनीलाई शुन्यमा झार्न लामो समय नलाग्ने अधिकारीहरु बताउँछन् । विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । 

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २८
August 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार