नेपाली समय: ०५:०६:३६ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

लोडसेडिङको अन्त्यपछि कति प्रतिशत जनसंख्यामा पुग्यो विद्युतको पहुँच?

निर्माण सञ्चार, २८ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अन्त्यपछि करिब ७८ प्रतिशत जनसंख्यामा विद्युत पुगेको जनाएको छ।  

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी राष्ट्रिय प्रसारणमा आवद्ध भएर विद्युत उपभोग गर्ने जनसंख्या करिब ७८ प्रतिशत पुगेको जानकारी गराएका हुन्। हाल करिब ४५ लाख घरधुरीले राष्ट्रिय प्रसारणको बिजुली उपभोग गरिरहेका छन् ।

आव ०७४/७५को तुलनामा गत आवमाकरिब १० प्रतिशतले बृद्धि हो। गत आव २०७५/७६मा ७ अर्ब ५५ करोड युनिट ऊर्जा प्रणालीमा उपलब्ध भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलनमा जानकारी दिए।

गत आवमा ७५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । त्यसमध्ये ६०६ सर्किट किलोमिटर संचालनमा ९चार्ज० आएको छ । ३३ केभी र सोभन्दा मुनिका करिब ९ हजार ७२२ सर्किट किमी वितरण लाइन निर्माण सम्पन्न भई चार्ज भएका छन्।

प्रसारण तथा वितरण गरी ४० सबस्टेसन नयाँ विस्तार एवं स्तरोन्नति गरिएको छ । करिब (२) एमभीए क्षमता थप भएको छ । ६ हजार ५८१ वितरण ट्रान्सर्फमर थप गरिएको छ।

लामो समयदेखि निर्माण सम्पन्न नभएर रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ र काबेली करिडोर प्रसारण लाइन सहित ३ आयोजना, वितरणतर्फ ३४ गरी ३८ आयोजना सम्पन्न भएका छन्। 

प्राधिकरणको उत्पादन करिब २ अर्ब ५५ करोड, निजी ऊर्जा उत्पादकहरुको २ अर्ब १९ करोड र भारतबाट २ अर्ब ८१ करोड युनिट आयात गरिएको थियो।

प्रणालीमा प्राधिकरणको ३४, निजी क्षेत्रको २९ र आयतको ३७ हिस्सा प्रतिशत रहेको छ। भारतर्फ विद्युत निर्यात ३ करोड ४७ लाख युनिट रहेको छ। निजी क्षेत्रको विद्युत किन्नका लागि १४ अर्ब १३ करोड र आयाततर्फ २३ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ। ३२ करोड रुपैयाँको विद्युत निर्यात भएको छ । १३ आयोजनाको ठेक्का सम्झौता रद्ध गरि पुनः ठेक्का प्रक्रिया सुरु गरिएको छ।

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २८
August 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार