नेपाली समय: ०१:०२:०५ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

बाबुकाे नागरिकता लिन जाँदा वडाध्यक्षबाट कुटिए युवक

निर्माण सञ्चार, ३० साउन, काठमाडौं । सिरहामा नागरिकता लिन वडा कार्यालय गएका एक युवकमाथि कुटपिट भएको छ।

सोही नगरपालिकाका वडा नम्बर १८ का वडाध्यक्ष रामसोगारथ यादवले कार्यालयमा आएका २५ वर्षीय युवक मनोज कुमार रायलाई कुटपिट गरेका हुन्।

उपभोक्ता समूह गठन गर्न भन्दै वडाध्यक्षले आफ्ना बाबुको नागरिकता लिएको र उक्त नागरिकता लिन जाँदा आफूमाथि कुटपिट भएको युवक मनोजले बताए।

उनले भने,  'बाबुको नागरिकता लिन वडा कार्यालय गएपछि ममाथि वडाध्यक्ष यादवसहितको समूहले कुटपिट गरेको हो।' वडा अध्यक्ष यादवले सिँचाई बोडिङको उपभोक्ता समिति गठन गर्ने भन्दै मनोजका बुवाको नागरिकता लिएका थिए।

वडा अध्यक्ष यादवले भने आफुले मनोजलाई नकुटेको दाबी गरेका छन्। 'मैले कुटेको होइन। जनताले कुटेका हुन, 'उनले भने, 'जब उनले ममाथि हात छोडे त्यसपछि जनताले उनलाई कुटपिट गरे, मैले होइन'

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले मनोज रायबाट घटनाको जानकारी आएको बताए। उनले भने, 'यस विषयमा आवश्यक अनुसन्धानपछि कानुनबमोजिम कारबाही अघि बढाइने छ।'



प्रकाशित: २०७६ साउन ३०
August 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार