नेपाली समय: ०१:०६:०५ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

इन्जिनमै चरा ठोक्किएपछि जहाज मकैबारीमा आपतकालीन अवतरण

निर्माण सञ्चार, ३० साउन, काठमाडौं । मस्कोमा जहाजको इन्जिनमै चरा ठोक्किएपछि जहाजलाई मकैबारीमा आपतकालीन अवतरण गराइएको छ। २ सय ३३ जना यात्रु बोकेको रुसी जहाज आपतकालीन अवतरण गराइएको हो।

उरल एयरलाइन्सको ए ३२१ एयरबस २ सय २६ यात्रु र सातजना चालकदलका सदस्यसहित मस्कोको जुकोब्सकी एयरपोर्टबाट सिम्फेरोपोल एयरपोर्टका लागि उँडेको थियो ।

एयरलाईन्सले जारी गरेको विज्ञप्तिमा चराहरुको हूल जहाजको इन्जिनमै ठोक्किँदा दुबै इन्जिन बन्द भएपछि आपतकालीन अवतरण गराइएको उल्लेख छ। 

यसरी आपतकालीन रुपमा मकैको खेती गरिएको जमिनमा नै जहाज अवतरण गराइएको हो । इन्जिन अफ भएपछि तत्कालै मकै खेती भएको खुला जमिनमै अवतरण गराइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार नौ बालबालिका सहित २३ जना घाइते भएका छन् ।



प्रकाशित: २०७६ साउन ३०
August 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार