नेपाली समय: ०१:००:२६ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

उपभोक्ता ठग्ने १९ पेट्रोल पम्पलाई कारबाही

निर्माण सञ्चार, ३१ साउन, काठमाडौं । रौतहट रौतहट, बारा र पर्साका १९ पेट्रोलपम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारबाही गरिएको छ ।गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले अनुगमनको क्रममा उपभोक्ता ठग्ने तथा गुणस्तरमा धाँधली गरेको आरोप कारवाही गरेको हो। 

आर्थिक वर्ष २०७५/७६ मा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले रौतहट, बारा, पर्सा, चितवन र मकवानपुरमा रहेका ८ सय ९१ पेट्रोलपम्पमा अनुगमन गर्दा सफ्टवेयर जडान गरी उपभोक्ता ठगी गरिरहेको अवस्थामा फेला पारिएको कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए।

कारबाहीमा परेका पेट्रोलपम्पमा बाराको विजय आयल स्टोर, महम्मद आयल स्टोर, शिवशङ्कर ट्रेडर्स, जयविकास आयल स्टोर, हरिओम आयल स्टोर र बाबा आयल ट्रेडर्सका सञ्चालकलाई जनही १० हजार रूपैयाँ जरिवाना तथा तीन महिना कैद सजायको दाबी गरिएको छ। यसै गरी खान आयल स्टोर रौतहट, बारा जिल्लाकै अमित आयल स्टोर, कृष्णा आयल स्टोर, आयुष आयल स्टोर, सोनु आयल स्टोर तथा पर्साका अर्निका ट्रेडर्स बिक्रेताका सञ्चालकलाई जनही तीन वर्ष कैद र ३० हजार रूपैयाँ जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रमुख यादवले बताए।

यसै गरी नापतौल ऐन र कानुनविपरीत काम गरेको आरोपमा हेटौँडाको एसियन पेन्टस् उद्योगमाथि गुणस्तर कार्यालयले मुद्दा दायर गरेको छ। त्यसैगरी किसन एग्रो केमिकल प्रालि पर्सा र जगदम्बा आयल ट्रेडर्स बारामा नापतौल कमी रहेकाले कारबाही प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ।

यस्तै हुलास स्टिल प्रालि बारा, अपोलो फिड्स प्रालि चितवन, पञ्चरत्न फिड्स प्रालि चितवन र विनायक स्टील प्रालि चितवनले स्वीकृत क्षमता भन्दा बढीको धर्मकाटा प्रयोग गरी राजश्व छलेको भेटिएपछि एक वर्ष कैद र १० हजार रूपैयाँ जरिवानाकोे माग गर्दै अदालतमा मुद्दा दायर गरिएको यादवले बताए। 

OOO

 

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन ३१
August 16th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार