नेपाली समय: १२:५७:१६ राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

१५ किलो चाँदीसहित भारतीय परे प्रहरीको फन्दामा

निर्माण सञ्चार, ३२ साउन, काठमाडौं ।  धनुषामा १५ किलो चाँदीसहित एक भारतीय प्रहरीको फन्दामा परेका छन्। 

औरही गाउँपालिकाबाट सशस्त्र प्रहरीले भारत मधुवनी प्रखण्ड जयनगर पञ्चायत–२ का २८ वर्षीय बन्धुकुमार सिंहलाई पक्राउ गरेको हो। नेपालबाट भारत भित्र्याउँदै गर्दा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गणले १५ किलो चाँदीसहित शनिबार उनलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीले नेपालबाट भारततर्फ चाँदी तस्करी गरिरहेको अवस्थामा सिंहलाई पक्राउ गरिएको बताए। ज८प ९२३५ नम्बरको मोटरसाइकलमा सवार भई जाँदै गरेका अवस्थामा प्रहरीलाई शंका लागेर चेक गर्दा उक्त चाँदी बरामद भएको हो।

सशस्त्र प्रहरीले बरामद गरेको चाँदीलाई आइतबार जनकपुर भन्सार कार्यालयमा बुझाउनेछ भने पक्राउ परेका सिंहलाई नेपाल प्रहरीलाई जिम्मा लगाएर अनुसन्धान गर्ने सशस्त्र प्रहरी उपरीक्षक  उप्रेतीले बताए।खुला सिमानाका कारण धनुषामा पछिल्लो समय नेपालबाट भारततर्फ चाँदी ओसारपसार गर्ने कारोबार बढेपछि प्रहरीले निगरानी बढाएको छ।

OOO

 

 

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन ३२
August 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार