नेपाली समय: ०१:३५:२५ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

‘जनप्रतिनिधिमा डोजर मालिक र ठेकेदार बन्ने मोह देखिएयो’

निर्माण सञ्चार, ३२ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कतिपय जनप्रतिनिधिलाई डोजर मालिक र ठेकेदार बन्ने मोह देखिएको बताए। 

बागलुङ जिल्लाका ८५ वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यको सहभागिता रहेको जिल्ला स्तरीय भेलाको उद्घाटन समारोहमा उनले भने,‘ जनप्रतिनिधिलाई जनताको सेवक वा ठेकेदार के बन्ने रोजेर काम गर्दा राम्रा हुनेछ, नत्र दुवै तिर हात हाल्दा अख्तियारको फन्दामा परिएला।’

उनले सिहंदरबार गाउँगाउँमै आइसकेले जनप्रतिनिधिलाई जनताको सेवक बनेर काम गर्न सुझाए। 

उनले भने,‘ घुस लिएकै कारण अहिले अख्तियारको हिरासत कर्मचारी, इञ्जिनियरले भरिन थालेको छ, जनप्रतिनिधिको पनि यस्तो दुखदायी दिन हेर्नु नपरोस्।’

OOO

 

 

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन ३२
August 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार