नेपाली समय: ०४:५०:५९ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

सन्राइज बैंकको १२० औं शाखा संचालनमा

निर्माण सञ्चार, १ भाद्र, काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

यसै क्रममा बैंकले बुढीबजारमा १२० औँ शाखा संचालनमा ल्याएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रममा पोखरा महानगरपालिका मेयर मान बहादुर जि.सी र सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालय तथा ए. टि. एम. को उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन्राइज बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले  आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको जनाएको छ । 

०००

 



प्रकाशित: २०७६ भाद्र १
August 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार