नेपाली समय: १२:५७:४० राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

सुनको मूल्य घट्यो

निर्माण सञ्चार, १ भदौं, काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्य घटेको छ। ५ सय रुपियाँले मूल्य घटेको हो। शनिबार प्रतितोला ७१ हजार ५०० रुपियाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ७१ हजार रुपियाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ। तेजाबी सुनको मूल्य प्रतितोला ५०० रुपियाँले घटेर रु ७० हजार ७०० रुपियाँ कायम भएको छ। शनिबार तेजाबी सुन प्रतितोला ७१ हजार २०० रुपियाँमा कारोवार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ। शनिबार प्रतितोला ८४० रुपियाँमा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला ८३० रुपियाँ कायम भएको महासङ्घले जनाएको छ। पछिल्लो एक महिनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ । साउन महिनामा मात्रै सुनको मूल्य प्रतितोला  छ  हजार सम्मले बढेको थियो।

यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च रु ७१ हजार ५०० मा खरीद बिक्री भएको थियो। चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५१८ डलर नाघेको छ।



प्रकाशित: २०७६ भाद्र १
August 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार