नेपाली समय: १०:४८:३६ राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

मार्क्सवाद र एशियाली दर्शनको नेपाल सम्मेलनः ‘दर्शनबारे नयाँ संवादको थालनी, भविष्यमा तुलनात्मक दृष्टिकोणमा योगदान पुग्ने आशा’

निर्माण सञ्चार, १ भदौ, काठमाडौं । नेपालमै पहिलो पटक एसियाली दर्शन र माक्र्सवादको तुलनात्मक ढंगबाट अन्तर्राष्ट्रिय गोष्ठी हुने भएको छ ।

सोमबार २ भदौमा यो सम्मेलनको विशेष उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने छ । यो सम्मेलन २ दिनसम्म चल्ने छ ।

सम्मेलनबारे जानकारी दिदै आयोजकका तर्फबाट संयोजक प्रा डा काशिनाथ न्यौपानेले सम्मेलनको औचित्य र आवश्यकताबारे प्रकाश पारेका थिए ।

राजधानीको संवाद डबलीमा आइतबार भएको पत्रकार साक्षात्कारमा बोल्दै आयोजकका तर्फबाट वरिष्ठ माक्र्सवादी चिन्तक सोनाम साथी, डा खगेन्द्र प्रसाईले नेपालमै माक्र्सवाद र एसियाली दर्शनबारे किन यस खालेको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो भन्ने स्पष्ट पारेका थिए ।

सम्मेलनको तयारी सम्पन्न भइसकेको बताउँदै डा न्यौपानेले सम्मेलन नेपालमै गर्नुले विश्वस्तरमा नेपाली भूमिमा जन्मेका दर्शनहरुको विश्वस्तरमा प्रचार हुने बताए ।

पत्रकारहरुले राखेको जिज्ञासामा डा न्यौपानले सम्मेलन आयोजना गर्नुका पछाडि कुनै पनि हिडेन इन्ट्रेस्ट नभएको बरु नेपाल सहितको एसियाली भूमागमा रहेका दर्शन र माक्र्सवादी दर्शनबारे नयाँ शिराबाट बहस आरम्भ गर्न खोजिएको प्रकाश पारेका थिए ।

सम्मेलनमा नेपालसहित चीन, भारत, अमेरिका, युरोपलगायतका १२ राष्ट्रहरु सहभागी हुने आयोजकको भनाइ छ ।

‘माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समिति’ अनुसार माक्र्सवाद र एसियाली दर्शनबारे नेपालमा यो स्तरको सम्मेलन पहिलो सम्मेलन हो ।

माक्र्सवादी विद्वान डा प्रसाई अनुसार यो सम्मेलनले मौजुदा दर्शन र चिन्तनबारे नयाँ संवादको थालनी गर्ने छ ।

माक्र्सीय गुरुकुल प्रमुख सोनाम साथीले माक्र्सवादी दर्शनको तादात्म्यताका विषयमा बृहत सम्मेलन हुने र त्यसले राम्रो सम्भावनाको ढोका खोल्ने समेत बताए ।

त्यसैगरी, नेपाल खुल्ला विश्वविद्यालयका  डा  प्रर्साइले मानिसहरुले माक्र्सवादी वा पूर्वीय कुनै पनि दर्शनको विषयमा गहन अध्ययन नगरी हचुवाका भरमा धारणा बनाउने समस्या व्याप्त रहेको भन्दै अबका दिनमा तुलनात्मक दृष्टिकोण बनाउने अभियानको समेत थालनी यो सम्मेलनले गर्ने छ ।

उनका अनुसार त्यस्तो किसिमको समाजलाई अध्ययनशील बनाउन र एक अब्बल संश्लेषित विचार विकासमा आफूहरुले थालनी गर्ने छ। 

कार्यक्रमको औचित्यबारे बोल्दै बुद्धदर्शनका उपप्राध्यापक डा प्रेमराज न्यौपाने अनुसार पूर्वीय तथा माक्र्सवादी दर्शनको तादाम्यतालाई गहन खोजगरी निचोड निकाल्ने यो सम्मलेनको अभिष्ट रहेको छ ।

दुईदिनसम्म चल्ने सम्मेलनको उद्घाटन सम्पन्न हुने वित्तिक्कै समानन्तररुपमा गोष्ठीहरु सञ्चालन हुने छन् ।

ऋग्वेददेखि करिब दश हजार वर्ष पुरानो ज्ञान मीमांसाको खोजी सम्मेलनले गर्ने छ । 
दर्शनको विकासक्रम हेर्दा पूर्वीय दर्शन पाँच हजार वर्ष भन्दा पुरानो दर्शनको उपजीव्य स्रोत भएको धर्ती हो ।

यसको विषेश अध्ययन र विश्लेषण हुनुपर्ने आजको आवाश्यकता भएको र अझ माक्र्सवादको ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादसित यसको ठूलो सम्बन्ध रहेको जनाकारी दिए ।

झन्डै २० भन्दा बढी संस्थाहरु मिलेर आयोजना गरिएको यो सम्मेलनमा नेपाल संस्कृतिक वश्वविद्यालय, माक्र्सीय गुरुकुल, नेपाल खुल्ला विश्वविद्यालय र एशियन नेचुरल फिलोसोफी तथा विभिन्न देशहरुबाट प्रतिनिधी विज्ञहरुले सहभागिता जनाउने छन् ।

आयोजकले जानकारी दिए अनुसार यो सम्मेलनमा विद्वानहरुले दुई दर्जनभन्दा बढी विषयमा कार्यपत्र दिने छन् ।


०००

To see front face coverage, click here



प्रकाशित: २०७६ भाद्र १
August 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार