नेपाली समय: १२:५९:३३ राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

किन दिए नेकपा प्रदेश २ अध्यक्ष साहले राजीनामा?

निर्माण सञ्चार, ३  भाद्र, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पार्टीप्रतिको पछिल्लो रवैयाको कारण पदबाट राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएको साहका प्रेस सल्लाहकार निभेष कुमारले बताए।

उनका अनुसार सुरूमा स्थायी कमिटीमा राख्ने सहमति भएको थियो।तर त्यसअनुसार पार्टीभित्र कुनै निर्णय नभएपछि  अध्यक्ष साहले पदबाट राजीनामा दिएका हुन्। 

 प्रेस सल्लाहकार निवेषले भने, ‘स्थायी समितिमा राखिएन। एकता अघि बढाउन भनेर केही भन्नु भएन। प्रदेश कमिटी बनाउदा पनि सल्लाह भएन। रहेक ठाउँमा नेतृत्वबाट अहयोग भयो।’ पार्टी नेतृत्वले चातर्फी घेराबन्दी गरेपछि उहाँले राजिनामा दिनुभएको हो।’ यद्यपि राजीनामा भने अहिलेसम्म स्वीकृत भइसकेको छैन।



प्रकाशित: २०७६ भाद्र ३
August 20th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार