नेपाली समय: ०३:३२:०६ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

मनकामना केवुलकारको भाडा बढ्यो

निर्माण सञ्चार, ३  भाद्र, काठमाडौं । मनकामना मन्दिर जाने केवुलकारको भाडा बढेको छ । चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेकोमा बढाएर ६ सय ७५ रुपैयाँ पुर्‍याइएको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो । 

कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताए ।

उनका अनुसार स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको छ । केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ । कम्पनीले दुबै स्थानीय तहलाई प्रति टिकट एक प्रतिशत कर तिर्नुपर्ने भएकाले मूल्य बढाइएको बताएको छ ।
 



प्रकाशित: २०७६ भाद्र ३
August 20th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार