नेपाली समय: ०४:४८:२२ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र युनाईटेड फाईनान्स लि. बीच सम्झौता

निर्माण सञ्चार, ५ भाद्र काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र युनाईटेड फाईनान्स लि. बीच मिति २०७६ भाद्र ४ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले युनाईटेड फाईनान्स लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा युनाईटेड फाईनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अजय कुमार मिश्र र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत श्री संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

०००



प्रकाशित: २०७६ भाद्र ५
August 22nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार