नेपाली समय: ०६:३५:५० बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

मध्यपहाडी लोकमार्ग दुई सातापछि सञ्चालनमा

निर्माण सञ्चार, ५ भाद्र, काठमाडौं । बाग्लुङमा पहिरोले भत्काएको सडक दुई सातापछि संचालनमा आएको छ। तुरतुरेमा आएको पहिरोले भत्काएको मध्यपहाडी लोकमार्गको सडक १७ दिनपछि सञ्चालनमा जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। 

सडक सञ्चालनमा आएसँगै गुल्मी हुँदै बाग्लुङ बुर्तिबाङसम्म पुग्ने सवारी साधन बिहीबार विहानैबाट सूचारु भएका छन्। २ वटा डोजरहरु प्रयोग गरी मध्यपहाडी लोकमार्ग आयोजनाले सडक सञ्चालनमा ल्याइएको हो ।

गत साउन १९ गते ताल फुटेसँगै बढिघाट गाउँपालिकाको भिङगिठेअन्तर्गत मध्यपहाडी लोकमार्गको २ सय मिटर पक्की सडक बगाएको थियो । बैकल्पिक सडकसमेत नभएको अवस्थामामध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि  यतिका दिनसम्म स्थानीयवासीले सास्ती खेपिरहेका थिए । सडक अबरुद्ध हुँदा निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका जाने सवारी साधन ठप्प भएका थिए ।

बाग्लुङको बढिघाट गाउँपालिका ७ र ढोरपाटन नगरपालिका-१ को तुरतुरे भन्ने स्थानमा ०७५ भदौ २९ गते चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो । ताल फुटेसँगै पहिरो आएको हो ।



प्रकाशित: २०७६ भाद्र ५
August 22nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार