नेपाली समय: १२:५८:१० राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

झण्डै ११ अर्ब रुपियाँको अनुदान स्वीकार

निर्माण सञ्चार, ५ भाद्र, काठमाडौं । काठमाडौं  सरकारले एक सय मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। 

विकास साझेदारहरुबाट प्रस्तावित उक्त रकम स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए।

बिहीबार सार्वजनिक गरिएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार  विकास साझेदारहरुबाट प्रस्तावित झण्डै ११ अर्ब रुपैयाँ अनुदान सहायता स्वीकार गरिएको जानकारी मन्त्री बाँस्कोटाले सार्वजनिक गरे।
 



प्रकाशित: २०७६ भाद्र ५
August 22nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार