नेपाली समय: ०५:२५:५४ बिहान
वि.सं २०७६ मंसिर ६   शुक्रवार

काठमाण्डौं विश्वविद्यालयका भिसी स्वदेश फर्कदैः के शिक्षक र कर्मचारीहरुसँग वार्तामा बस्लान् त ?

निर्माण सञ्चार, ६ भाद्र, काठमाण्डौं । आज विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजु स्वदेश फर्कदै छन् ।

१५ दिन देखि काठमाण्डौं विश्वविद्यालयमा प्राध्यापक संघले लगाएको ताला अझैसम्म खोलिएको छैन ।

विद्यमान संर्घष र शिक्षक तथा कर्मचारीहरुको माग प्रति हालसम्म सम्बोधन हुन नसक्नुका उपकुलपति विदेश जानु, रजिष्ट्रार र डीनहरुमा निर्णायक हैसियत नहुनु र वार्ताको लागि देखावटी वार्ता कमिटि गठन गरिनु जस्को टोर समेत स्पष्ट नहुनु आदि प्रमुख कारणहरु  रहेका छन् ।

उता दिनका दिन शिक्षक तथा कर्मचारीहरुको आन्दोलन कडा र शसक्त हुदै गएको छ ।

प्राध्यापकले सुरु गरेको आन्दोलनमा कर्मचारीहरुले समेत  समर्थन र एकवद्धता  भइसकेको छ ।

संयुक्त आन्दोलन परिचालन कमिटि बनाएर पदाधिकारीहरुको भन्डाफोर गर्न र राजीनामा माग्ने चरणमा पुगेका छन् ।

हिजो विहान हरेक दिन जस्तै धर्ना, कोण सभाको साथै अरु शंख, सिठ्ठी, जुलुस र मानव सङ्लो प्रर्दशन समेत गरेका छन् ।  

भि.सी, रजिष्ट्रार र डीन अफिस १५ दिन देखि बन्द भएता पनि नयाँ भर्ना र परीक्षा भने सुचारु रहेको काठमाण्डौं विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष सुरेन्द्र के.सीले जानकारी दिएका छन् । 

सधैं झै प्राध्यापक र कर्मचारीहरुले आन्दोलन गरी कोणसभा गरेका छन् ।

तर पहिलेको भन्दा फरक ढङ्गले आन्दोलन गरेका छन् । प्राध्यापक र कर्मचारीहरुले हात्तीपाइले साङ्गलाले  विश्वविद्यालय रिङरोड परिक्रमा गरेका छन् ।

उनीहरुले राखेका मागहरु पुरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

उनीहरुले भि.सी. बाहेक अरु कसैसङ्ग पनि वार्ता नगर्ने जनाए ।

भि.सीले आफु बच्नको लागि वार्ता टोली गठन गरि विदेश गएका थिए तर प्राध्यापक संघ र कर्मचारी संघले अरुसङ्ग वार्ता नगर्ने जनाएका छन् ।

के.यु कर्मचारीहरुलाई दश पन्ध्र वर्षसम्म पनि अस्थायी भई काम लगाउदै आएका र अझ केही कर्मचारीहरुले विना नियुक्ती धेरै वर्ष देखि काम गर्दै आएको व्यहोरा पनि  संघका अध्यक्ष के.सीले जानकारी दिएका छन् ।


०००


 



प्रकाशित: २०७६ भाद्र ६
August 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार