नेपाली समय: ०१:०४:४२ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

प्राधिकरणकै कर्मचारीको लगानीमा दुई जलविद्युत् आयोजना निर्माण हुँदै

निर्माण सञ्चार, ८ भदौ, ०७६, काठमाडौं । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले जनताको हितमा रहेर विभिन्न जलविद्युत् आयोजना निर्माणको लागि योजनाबद्ध तरिकाले काम आगाडि बढाएपनि गुनासा भने काम भएका छैनन् ।

उर्जाको क्षेत्रमा सरकारले विभिन्न कोणबाट लगानी गरिरहेको भएपनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ। सोही गुनासाहरु चिर्नको लागि प्राधिकरणले आफ्नै कर्मचारीको शेयर लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने कामलाई तिब्रता दिएको छ।प्राधिकरणमा हाल करीब १० हजार कर्मचारी कार्यरत छन्। उनीहरुको शेयर लगानीमा आयोजना निर्माण गर्ने लक्ष्यका साथ दुई वटा आयोजना तयारी हालतमा रहेको प्राधिकरणले जनाएको छ।

कूल ४२ मेगावाट क्षमताको मोदी जलविद्युत् आयोजना र १८.२ मेगावाट क्षमताको मोदी ए आयोजना सोही ढाँचामा अगाडि बढाउने तयारी गरिएको छ।ती आयोजनाको विस्तृत इञ्जिनीयरिङ डिजाइन तथा बोलपत्र तयार पार्ने कार्य सम्पन्न भएको छ। ती आयोजनामा लगानीका लागि आवश्यक ढाँचा तथा प्रक्रिया समेत शुरु भइसकेको छ। प्राधिकरणमा कार्यरत कर्मचारीको मागका आधारमा नै ती दुई आयोजना निर्माणमा लैजाने तयारी गरिएको हो।

विगतमा समस्यामा परेका आयोजना सम्पन्न भइसकेका अवस्थामा नयाँ आयोजनाको खोजी प्राधिकरणले गरिरहेको छ। सोही क्रममा सरकारले जनताको लगानीमा तीन हजार ५०० मेगावाट क्षमताको आयोजनाको समेत प्रक्रिया सुरु पनि गरिसकेको छ। 



प्रकाशित: २०७६ भाद्र ८
August 25th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार