नेपाली समय: ०५:५६:३८ बिहान
वि.सं २०७६ मंसिर ६   शुक्रवार

प्रधानमन्त्री ओलीमा अपनाइएकोः के हो प्लाज्मा फेरेसिस ? कसरी हुन्छ उपचार ?

निर्माण सञ्चार, ८ भदौ, ०७६, एजेन्सी । सिंगापुरमा यतिबेला मुलुकका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली आफ्नो उपचार गराइरहेका छन् । उनीसम्बन्धी रोग र यसबारे जानकारी राख्नु आममानिसको चासोको विषय पनि हो । 

प्रधानमन्त्रीको उपचारमा संलग्न नेपाली चिकित्सक तथा उनको निजी सचिवालयले प्रधानमन्त्रीको उपचार क्रमिक सुधार उन्मुख रहेको बताएको छ । 

उनको उपचार ‘प्लाज्मा फेरेसिस’ विधिबाट भइरहेको छ । शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भसिटी हस्पिटलमा उनको प्लाज्मा फेरेसिस प्रकृयाद्वारा उपचार सुरु गरिएको उनका निजी चिकित्सक प्रा डा दिव्या सिंहलाई उद्धृत गर्दै उनको निजी सचिवालयले जानकारी गराएको छ ।

उपचारका लागि बिहीबार प्रधानमन्त्री ओली सिंगापुर गएका थिए ।

के हो प्लाज्मा फेरेसिस ?

प्लाज्मा फेरेसिसबारे गुगल लगायत विभिन्न आधिकारिक डिजिटल पत्रिकाहरुले पनि प्रशस्त सूचनाहरु राखेको पाउन सकिन्छ । यो कस्तो रोग हो ? कसरी उपचार गरिन्छदेखि उपचार प्रक्रियाहरु समेत इन्टरनेट दुनियाँमा पनि पाइन्छ ।

नेसनल किड्नी फाउन्डेसनले स्पष्ट पार्दै लेखेको छ, ‘प्लाज्मा फेरेसिसले रगतको फिल्टर गर्छ र रगतमा रहेको घातक एन्टीबडीलाई हटाउँछ । यद्यपि यो डायलेसिस जस्तै प्रक्रिया हो तर, विशेष गरी यसले रगतको प्लाज्मा अंशमा रहेका एन्टीबडी हटाउन यो विधिको प्रयोग गरिन्छ ।’

What is plasmapheresis?
 

Plasmapheresis is a process that filters the blood and removes harmful antibodies.  It is a procedure done similarly to dialysis; however, it specifically removes antibodies from the plasma portion of the blood.  

Antibodies are part of the body’s natural defense system which help destroy things that are not a natural part of our own bodies, like germs or bacteria.  

Antibodies against blood proteins can lead to rejection after a blood-type incompatible transplant.  

Plasmapheresis before transplant removes antibodies against the donor blood-type from the recipient, so they can’t attack and damage the donated kidney.

...

अर्थात् रगतमा रहने पहेँलो तरल पदार्थ नै प्लाज्मा हो जसले शरीरका अरु भागमा रक्तसञ्चार गराउँछ। रगतमा रहन सक्ने दूषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले त्यस्ता घातक पदार्थ छुट्याएर रिप्लेस गर्ने अथवा रक्त शोधन सहित फेर्ने विधि नै प्लाज्मा फेरेसिस हो।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ राजेन्द्रकुमार अग्रवालका अनुसार रगतमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी), प्लेटलेस र प्लाज्मा रहेका हुन्छन् । रगतमा ६० प्रतिशत हिस्सा रहेको प्लाज्मा जसमा रहेको एन्टीबडी यही विधि मार्फत् उपचार गरिन्छ ।


डा अग्रवालका अनुसार प्लाज्माबाट एन्टिबडी हटाएर प्लाज्माको ठाउँमा प्लाज्मा वा ह्युमन एल्बुमन (Human Albumin) ले रिप्लेस गर्नुपर्ने हुन्छ । यो विधि कम्तीमा तीनदेखि चारपटकसम्म गर्नु पर्ने हुन्छ ।

सिंगापुरको उक्त अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको शरीरमा गरिदै गरिएको भनिएको प्लाज्मा फेरेसिस अन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइन्छ।

यसले घातक तथा दुषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिन्छ । यो प्रक्रिया सम्पन्न भएसँगै उक्त रगत पुनः शरीरमा चढाइन्छ।  

यस अघि प्रधानमन्त्री ओली गत साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको सोही अस्पताल (एसएनयु) मा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए। 

उपचार पछि करिब ११ दिन पछि उनी थप उपचारका लागि सिंगापुर गएका हुन् । प्रम ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीले यस अघि पनि पटक पटक काठमाडौं, दिल्ली, बैंकक र सिंगापुर जस्ता अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

सिंगापुरमा हुने उपचार कस्तो हो ?

यस अघिका उपचारहरुमा प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे खासै जानकारी नगराए पनि पहिलोपटक यो उपचारबारे उनी सिंगापुर जानेक्रममा औपचारिक जानकारी गराइएको थियो । 

प्रधानमन्त्रीका निजी चिकित्सक डा सिंहले प्रधानमन्त्री मिर्गौलाको क्षमता बढाउने उपचारका लागि सिंगापुर जान लागिएको प्रेस नोट जारी गरी यसबारे जानकारी गराएकी थिइन्।

उनले भनेकी थिइन्, ‘मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको थियो’, प्रधानमन्त्री सिंगापुर उड्नुअघि डा सिंहले बिहीबार जानकारी गराउँदै भनेकी थिइन्, ‘एन्टीबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन फेरि त्यसतर्फ जान लाग्नुभएको हो।’

नेसनल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरूको टोलीले प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गर्ने उनको भनाइ अनुसार नै यतिबेला प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ ।

 

०००
 

सम्बन्धित समाचार पढौं यो पनि



प्रकाशित: २०७६ भाद्र ८
August 25th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार