नेपाली समय: १०:५०:५५ राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

काठमाडौं विश्वविद्यालयमा तालाः आन्दोलनको १८ औँ दिन सम्ममा पनि भएन समस्या समाधान !

निर्माण सञ्चार, ९ भाद्र, काठमाडौं । विश्वविद्यालयमा बिध्यमान विभिन्न बिषयहरुलाई समयमै समाधान गर्दै विश्वविद्यालयलाई  जोखिमबाट टाढा राख्न का विश्वविद्यालय प्राध्यापक संघ बिगत १८ दिन देखि आन्दोलनरत रहेको छ ।

यस आन्दोलनमा का वि कर्मचारी संघ, सम्पूर्ण स्कुलका प्राध्यापक तथा कर्मचारीहरुको समर्थन र सहभागिता रहेको छ ।

केहि समय अगाडी प्रशासनले समस्याको समाधान गर्न भन्दा पनि लोकाचारलाई देखाउन वार्ता टोलि बनाएको भए पनि हाल सम्म औपचारिक वार्ता शुरु भएको छैन । 

 
आज १८ दिन पुगिसकेको तर विश्वविद्यालयका नियमित कार्यक्रमहरु जस्तै पठनपाठन, जाँच, अनुसन्धान, सोधकार्य, भर्ना आदिलाई असर नपार्न तथा नपर्ने नीति अनुसार नै  सालिन आन्दोलन गरिरहेको का वि प्राध्यापक संघका सभापति डा बेदमणि दाहालले जानकारी गराए ।

उनले भने भोलिका दिनमा प्रशासनको प्रतिक्रिया आनुसार सो  नीतिमा फेरबदल हुनसक्ने छ । 

 
प्राध्यापक र कर्मचारीको सालिन र  सभ्य आन्दोलनलाई बिथोल्न प्रशासन लागि परेको कुरा संघका महासचिव डा विकास अधिकारीले भने ।

प्रशासन कहिले वार्ता समिति गठन भएको भन्छ तर वार्ता समिति गठन भएको भोलिपल्ट कुनै पनि हालतमा असंबैधानिक पक्ष प्राध्यापक संघसंग वार्ता हुन् सक्दैन भनेर टेलेभिजनमा वक्तव्य दिन्छ ।

अहिले आएर विश्वविद्यालय प्रशासन लगाएर ताला खोल्ने कार्यमा लागेको हामीलाई भान भइरहेको छ ।

जुन कुरा प्रशासनले जिल्ला कार्यालयमा सुरक्षा माग सहित निवेदन दिएकोबाट पुष्टि हुन्छ ।

उनले भने वार्ताबाट समाधान खोज्नुको सट्टा मुठभेट गराउन खोज्नुले विश्वविद्यालयको दीर्घकालीन समस्या समाधान भन्दा पनि प्रशासन आफ्नो पदको  बचाउमा केन्द्रित रहनु देशको सार्वजनिक संस्थाको लागि राम्रो होइन । 

यो आन्दोलन केवल एक जना र एउटा स्कुलको समस्या समाधानको लागि मात्र नभएर समग्र विश्वविद्यालयको भएको र विश्वविद्यालय नीति नियम र पद्दतिबाट चले सबैको हित हुने हुनाले सहभागी प्राध्यापक र कर्मचारीले  सबै स्कुलका प्राध्यापक र कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आहवान गरेका छन् ।

एउटा प्राज्ञिक थलोमा  लोभ लाभ डर धम्कि भन्दा टाडा रहेर सहिलाई सहि र गलतलाई गलत भन्न सक्नु पर्छ भन्ने उनीहरुको भनाइ रहेको थियो ।  

 
आजको आन्दोलनले वि. विका सवारी साधनहरुमा वि. विको नाम र लोगो लगाई मात्र चलाउन प्रशासनलाइ पत्राचार गरे अनुसार नाम र लोगो नभएका सवारी साधनहरुलाइ वि. विमा पार्क गराई साँचो प्रशासनलाइ बुझाउने काम गर्यो ।

साथै ग्लोबल इन्गेजमेन्ट शाखाले आर्थिक र नीतिगत भ्रष्टाचार गरेको भन्दै उसका काम कारवाही पारदर्शी बनाउन माग गर्दै तालाबन्दि गरेको छ  । 

 
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघका मुख्य ४ वटा माग रहेका छन् ।

१. नेपालको संविधानले दिएको पेशागत संघ र संस्था गठन गर्न पाउने अधिकार अनुसार का वि प्राध्यापक संघ र का वि कर्मचारी संघको मान्यता ।

२. वि.विमा भएका आर्थिक तथा नीतिगत भ्रष्टाचार छानबिन गराई दोषी पाइए कारवाही, यस अघि गठन भएका समितिहरुको प्रतिवेदन सार्वजनिक गर्न तथा तिनको कार्यन्वयन, राज्यद्वारा गठित छानबिन समितिका प्रतिवेदनले दोषी ठहरीसकेका व्यक्तिहरुलाई वि.विका कुनै पनि पदमा नियुक्ति नगर्ने र यदि गरेको भए खारेजी ।

३. वि वि ऐनमा व्यवस्था भएको शिक्षक प्रतिनिधिको हकमा सम्पूर्ण शिक्षकहरुको प्रतिनिधित्व गर्ने का वि प्राध्यापक संघले छानेको शिक्षक नै हुनु पर्ने र छनौट बिधि र प्रक्रिया संघले नै निर्धारण गर्ने साथै सभा र कार्यकारिणीमा कर्मचारीको पनिप्रतिनिधित्व हुनु पर्ने ।

४. शिक्षक कर्मचारीको सहज, पारदर्शी, न्यायपूर्ण र आवधिक वृतिविकासका विषय ।

०००

  



प्रकाशित: २०७६ भाद्र ९
August 26th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार