नेपाली समय: ०६:५०:३१ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

ट्रक ठोक्किएर क्षतिग्रस्त अरुणखोलाको पुल मर्मत, गाडी गुड्न थाले

काठमाडौं । ट्रक ठोक्किएर क्षतिग्रस्त बनेको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् ।

गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो ।

पुल मर्मतको काम पूर्ण रूपमा सम्पन्न भएसँगै गएरातिबाट दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताए ।

सडक डिभिजन कार्यालय बुटवलको प्राविधिक टोलीले पुल भाँचिएको १३औँ दिनमा मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।

पुलमा क्षति पुग्दा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । वैकल्पिक बाटोका रूपमा बनाइएको ‘डाइभर्सन’ भरपर्दो नहुँदा यात्रुले सास्ती पाएका थिए । पुल भाँचिदा बनाइएको ‘डाइभर्सन’ पानीले बगाउँदा यातायात सञ्चालनमा समस्या भएको थियो ।

पुल बनेसँगै यात्रुले विगतमा भोग्दै आइरहेको सास्तीबाट मुक्ति मिलेको छ ।



प्रकाशित: २०७६ भाद्र १०
August 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार