नेपाली समय: ०१:०६:१० अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

स्थानीय तहबाट करोडौँ बजेट फिर्ता

निर्माण सञ्चार, १० भदौ, ०७६, काठमाडौं । खोटाङका अधिकांश स्थानीय तहबाट संघीय सरकारले पठाएको बजेट खर्च गर्न नसकि फिर्ता गरेको छ। संघीय सरकारले पठाएको बजेटमध्ये १२ करोडभन्दा बढी बजेट फिर्ता गएको कोष तथा लेखा नियन्त्रकको कार्यालय(कोलेनिका) खोटाङले जनाएको छ। कोलेनिकाका अनुसार जिल्लाका १० स्थानीय तहले १२ करोड ३२ लाख १२ हजार रुपियाँ बजेट फिर्ता गएको हो।

ससर्त, समपूरक र विशेष अनुदान अन्तर्गतको बजेट खर्च गर्ने क्रममा बाँकी रहेको खण्डमा आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत संघीय सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। आर्थिक वर्ष २०७५/०७६ को अनुदानको हिसाब फरफारक नभएसम्म नयाँ आर्थिक वर्षको अनुदान हस्तान्तरणको बाटो खुल्दैन।

खोटाङका स्थानीय तहले हालसम्म २०७५/०७६ को आम्दानी तथा खर्चको प्रतिवेदन कोष तथा लेखा नियन्त्रकको कार्यालयमा पठाएका छैनन्। साउन २४ गतेभित्र त्यस्तो प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था भए पनि हालसम्म कोलेनिकाको कार्यालयले जनाएको छ। उक्त प्रतिवेदन प्राप्त नभएसम्म नयाँ आर्थिक वर्षको राजस्व बाँडफाँड र अनुदानबापतको रकम हस्तान्तरण नहुने कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ।



प्रकाशित: २०७६ भाद्र १०
August 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार