नेपाली समय: १०:४५:०० राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

कश्मीरबारे इमरान खान भन्छन्ः इटको जवाफ पत्थरले दिन्छौं

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरका जनताको स्वतन्त्रताका लागि अन्तिम समयसम्म लड्ने बताएका छन्।

कश्मीरका जनताका लागि पाकिस्तानमा शुक्रबार आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले कश्मीरमा भारतले अपराध गरेको भन्दै इटको जवाफ पत्थरले दिने चेतावनी दिए।

यस्तो छ इमरान खानको सम्बोधनः 

पाकिस्तानको हरेक नागरिक स्वतन्त्र कश्मीरका जनताको पक्षमा छ। ८० लाख कश्मीरी ४ हप्तादेखि कर्फ्युका कारण घरभित्र बसिरहेका छन्। उहाँहरुको दुःखमा हामी साथमा छौं। जबसम्म कश्मीरी जनता स्वतन्त्र हुँदैनन् तबसम्म, अन्तिम समयसम्म लड्छौं।

कश्मीरी जनतामाथि हिन्दुस्तानले अपराध गरेको उनको भनाई छ। भारतलाई सबक सिकाउने बेला आएको छ। 

यदि कश्मीरी जनता मुसलमान हुँदैनथे भने सारा दुनियाले आवाज उठाउथ्यो, कश्मीरीको पक्षमा बोल्थे। तर जब मुसलमानमाथि अपराध हुन्छ विश्वलाई न्याय दिने संयुक्त राष्ट्रसंघ, ठूला शक्ति राष्ट्र मौन बस्छन्। 
जबसम्म कश्मीर स्वतन्त्र हुँदैन हरेक फोरममा कश्मीरको लडाइँ लड्छौं। 

नेहरु र गान्धीको सिद्धान्त विपरित नरेन्द्री मोदीले कश्मीरमाथि हस्तक्षेप र ज्यादती गरेको उनको भनाई छ।

कश्मीरबारे अमेरिकी राष्ट्रपति ट्रम्प, फ्रन्स, जर्मन, मुस्लिम देशका प्रमुखलाई जानकारी गराइसकेको भन्दै प्रधानमन्त्री खानले आसन्न राष्ट्रसंघको महासभामा पनि यो मुद्दा उठाउने स्पष्ट पारे। 

कश्मीरमा भइरहेको ज्यादती र भारतीय कदमको सशक्त विरोध गर्दै उनले इटको जवाफ पत्थरले दिने चेतावनी दिए। हाम्रो फौज तयार छ। स्वतन्त्र कश्मीरमा कुनै किसिमको कदम थाले यिनीहरुविरुद्ध हामी तयार छौं। तर, विश्वले के नजरअन्दाज गर्नुहुँदैन भने आणविक हतियार भएका दुई मुलुक आमनसामने हुँदा क्षति यहाँमात्रै हुँदैन, पुरै विश्वमा हुन्छ।

कश्मीरमा भइरहेको अपराधविरुद्ध विश्व समुदाय मौन बसे यसको असर विश्मै पर्ने उनको चेतावनी छ। कश्मीर स्वतन्त्रताका लागि विश्वमै अभियान चलाउने उनको भनाई छ। उनले कश्मीर स्वतन्त्र हुने विश्वास समेत व्यक्त गरे। 



प्रकाशित: २०७६ भाद्र १३
August 30th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार