नेपाली समय: ०१:०३:०५ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

यातायात कार्यालयका प्रमुखसहित तीन कर्मचारी परे अख्तियारको फन्दामा

निर्माण सञ्चार, १३ भदौ, ०७६, काठमाडौं । यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुखसहित तीनजना कर्मचारी घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

आयोगले निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, अधिकृत भुवन जोशी र जयराज कारीगरलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा सवारी साधन बिक्री गरी नामसारी गरिदिए वपत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु पक्राउ परेको अख्तियारले जनाएको छ ।

उनीहरुको साथबाट अख्तियारले १ लाख ६६ हजार १ सय रुपैयाँ बरामद गरेको छ । घुस वापतको १५ हजार, स्रोत खुल्न नसकेको १ लाख ५१ हजार १ सय रुपमा कार्यालय परिसरबाटै बरामद गरिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

 

000



प्रकाशित: २०७६ भाद्र १३
August 30th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार