नेपाली समय: ०२:३२:४९ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

मुस्ताङको चराङमा सिँचाइ

निर्माण सञ्चार, १३ भदौ, ०७६, काठमाडौं । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङको चराङमा एक करोड १४ लाख रुपियाँको लागतमा ‘मेकी युरा सिँचाइ आयोजना’  निर्माण भएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा उक्त आयोजना  निर्माण सम्पन्न भएको हो ।

उक्त आयोजनापछि सिँचाइ अभावमा कृषि उत्पादनबाट बञ्चित हुँदै आएका कृषक लाभान्वित हुने भएका छन् । गण्डकी प्रदेश सरकारको ७९ लाख र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ३५ लाख रुपियाँ गरी कूल एक करोड १४ लाखको लागतमा चराङ खोलादेखि साढे एक किलोमिटरको नहर निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले जानकारी दिए ।

अध्यक्ष विष्टका अनुसार कृषि उत्पादन स्याउ, फापर, आलु र रायोको सागको प्रशस्त सम्भावना रहेको विकट स्थानमा सिँचाइ  सुविधा पुुगेपछि चराङवासीले खुशी व्यक्त गरेका छन् । चराङमा १०६ घरधुरीको बसोबास रहेको उनले जानकारी दि बताए ।
 



प्रकाशित: २०७६ भाद्र १३
August 30th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार