नेपाली समय: ०७:१६:५३ बिहान
वि.सं २०७६ मंसिर २१   शनिवार

अछाममा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

निर्माण सञ्चार, १३ भदौ, ०७६, काठमाडौं । अछाममा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार अछामको साँफेवगरबाट मेल्लेख गाउँपालिकाको कस्कोटको लागि छुटेको यात्रुवाहक जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो।

त्यस्तै दुर्घटनामा परि ५ जना घाइते भएको गाउँपालिकाले जनाएको छ।मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका कौशी साउद सोही ठाउँका किथ्थी साउद रहेको मेल्लेख गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरवहादुर साउदले जानकारी दिए।

साँफेवगरबाट मेल्लेख जादै गरेको से १ ज ९८६ नम्वर को जीप दुर्घटना भएको हो। 
 



प्रकाशित: २०७६ भाद्र १३
August 30th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार