नेपाली समय: ०१:०५:५५ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

जाजरकोटमा पहिरोको कहर :  घर भत्काइदा एकै परिवारका ३ जनाको मृत्यु

निर्माण सञ्चार, १५ भदौ, जाजरकोट । जाजरकोट– भेरी नगरपलिका २ तिमिलेमा ् पहिरोका कारण एकै घरका परिवारका ३ जनाको मृत्यु भएको छ।

गएरातीको अबिरल बर्षाका कारण पहिरो आएपछि घर भत्किँदा ३२ बर्षीया पार्वती ओली, ९ वर्षीया छोरी मोतिकला ओली र ३ वर्षीया छोरी धनसराको ज्यान गएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। 

उनका अनुसार राती सुतिरहेको अवस्थामा १२ बजेतिर पहिरोले घर भत्किएको थियो। सोही स्थानमा अर्को घर भत्किँदा स्थानीय दलबहादुर ओली सामन्य घाइते भएका छन्।

घटनास्थल सदरमुकाम खलंगादेखि ३ घन्टाको पैदल दुरीमा रहेको छ। पहिरोको अन्य क्षतिबारे थप जानकारी आइसकेको छैन।

 

 

000



प्रकाशित: २०७६ भाद्र १५
September 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार