नेपाली समय: ०१:०२:१६ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

कर्णाली प्रदेशमा अधिकांश योजना गुणस्तरहीन

निर्माण सञ्चार, १५ भदौ, ०७६,जुम्ला । जुम्लामा निर्माण भइरहेका प्रादेशिक योजना गुणस्तरहीन भएको पाइएको छ । जुम्लामा प्रदेश सरकारको बजेटबाट निर्माण भइरहेका धारा, सिचाई कुलो, तथा विद्यालयहरु भवनहरु  अधिकांश योजना गुणस्तरहिन रहेको स्थानीय बताउँछन्। 

उदाहरणका रुपमा जुम्लाको पातारासी गाउँपालिका डिल्लीचौर स्थित ऋणमोक्ष माध्यामिक विद्यालयमा निर्माणाधिन दुई तले पक्की भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । 
६ कोठे भवन प्राविधिक स्टमेट अनुसार नभई गुणस्तरहिन बन्दै गएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, शिक्षा निर्देशसनालय सुर्खेतको ५० लाख बजेट लागतमा निर्माणाधिन अवस्थामा रहेको हो ।

प्रदेश योजनाका अनुगमनको जिम्मेवारी प्राप्त निकाय जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले गएको बुधबार उक्त निर्माणधिन भवनको अनुगमन गरे  । अनुगमनका क्रममा अप्राविधिक आँखाले हेर्दा पनि भवन गुणस्तर देखिएको छैन । ५० लाख बजेट अनुसारको भवन बन्न सक्ने देखिएन ।

भवनको झ्याल ढोका देखि पर्खाल पनि मिलेको छैन । उप्रमुख बुढाले भनने, यस भवन निर्माणका प्राविधिकले कसरी हेरेका होलानन् ? अहिले देशमा बजेटको अभाव छैन, विनियोजित बजेट पनि सही सदुपयोग हुन नसक्दा, प्रदेशका योजनाहरु गुणस्तरहीन बन्दै गएको प्रति गम्भीरध्यानकर्षण भएको बताए । 

प्रदेशकै बजेटमा निर्माण भईरहेको भवन नजिकै जिल्ला शिक्षा समन्वय ईकाईबाट प्राप्त ३५ लाखको भवन निर्माण भएको छ । छेउकै कम बजेटको भवन स्तरी, रंगरोवन गरी सजाईएको छ । तर ५० लाखको प्रदेशको भवन भने, गुणस्तरही भएको छ । 

ऋणमोक्ष माध्यामिक विद्यालय डिल्लीचौरका प्रधानाध्यापक हरिबहादुर बुढाका अनुसार यस भवनको निर्माण कार्यको जिम्मेवारी विद्यालय व्यवस्थापन समितिले नै लिएको छ । विद्यालय व्यवस्थापन समिति सदस्य सचिव समेत रहेका प्राधानाध्यापक बुढाले केही पर्खाल र झ्याल ढोकामा नमिलेको स्वीकारे । 

उनले भने, 'विद्यालय व्यवस्थापन समिति पदाधिकारीको रेखदेखमै भवन निर्माण भईरहेको छ । गुणस्तरीय नभएको  खण्डमा भोली विद्यालयले घाटा व्यवहोर्नुपर्ने उउनले  बताए । अहिलेसम्म १५ लाख बजेट पेश्की आएर काम भएको हो ।'

उनले भने,‘तल्लो तला ढलान भएपछि मात्र अर्काे किस्ताको बजेट फुकुवा हुने जानकारी प्राप्त भएको उनको  भनाइ छ।’ 

भवन गुणस्तर बनाउन निर्देशन

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भदौँ ४ गते  ऋण मोक्षमाविमा निर्माण भईरहेको  भवनको अनुगमन गरेर ६ गते भवन निर्माणमा खटिएका प्राविधिक सब ईन्जिनियरहरुलाई योजना निर्माणमा गुणस्तरीयता ल्याउन निर्देशन दिए। नाम मात्रको पक्की छ ।  सबै पर्खाल निर्माण नसकिदै जीर्ण छन् । 

त्यस्ता अर्धदक्ष ज्यामी काममा नलागउन समेत उनले सुझाए । पार्टीका नेता कार्यकर्ताहरले आफ्ना नजिककालाई काम दिने सोचले अर्धदक्ष कामदार ज्यामी लगाएका कारण भवन गुणस्तरहीन भएको उपप्रमुख कार्मा बुढाको भनाइ छ । भवनको कति हो कहिले निर्माण सकिन्छ भन्ने विषयमा जानकारी दिन निर्माण स्थलमा होडिगं बोर्ड अनिवार्य हुनुपर्छ। 
तर  होडिङ्ग बोड पनि नराखिएको, विद्यालयको पर्खाल चिनाई गुणस्तर हिन रहेको, बिध्यालयको झ्यालहरू उपयुक्त ढंगले नराखेका समग्रमा भएको कामको गुणस्तर कमजोर देखिएको जिसस उपप्रमुख बुढाको भनाइ छ । गुणस्तर भवन नबने भुक्तानी समेत रोकिने उनले बताए । 



प्रकाशित: २०७६ भाद्र १५
September 1st 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्