नेपाली समय: ०७:५७:१५ बिहान
वि.सं २०७६ मंसिर २१   शनिवार

दाङमा पनि बैंक चोरी: बैङ्कमा झण्डै १८ करोड हिनामिना, थप १० जना पक्राउ

निर्माण सञ्चार, १६ भदौ, ०७६, काठमाडौं । दाङ्गमा रहेको साविकको वेस्ट्रन डेभिलभमेन्ट बैङ्कमा करोडौँ हिनामिना गर्ने थप १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

उक्त बैङ्कमा झण्डै १८ करोड रुपैयाँ आफ्नो निजी खातामा सारेर हिनामाना पार्न खोजेका तत्कालिन बैङ्क प्रबन्धक समातिए लगत्तै थप १० जनाको गिरोह पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पक्राउ पर्नेमा  घोराही–१० का ४७ वर्षीय बसन्तबहादुर बस्नेत, सोही स्थानका २६ वर्षीय अर्जुन बस्नेत, ४५ वर्षीय झगबहादुर बस्नेत ३७ वर्षीय उज्जवल आचार्य, ५४ वर्षीय सत कुमार पौड्याल,  वडा नम्वर ८ का ४३ वर्षीय बसन्त बुढाथोकी रहेका छन् ।

त्यस्तै साविक कैलावास गाविस वडा नम्वर–४ स्थायी घर भइ हाल घोराही १४ बस्ने २४ वर्षीया बन्धना गुप्ता, कोइलावास –९ घर भई  घोराही–१५ बस्ने  ३८ वर्षीय वीरेन्द्रकुमार गुप्ता, कोइलाबास–३ घर भई घोराही–१० बस्ने ४५ वर्षीय सक्टुराम गुप्ता र साविक त्रिभुवन नगरपालिका–१० घर भइ हाल घोराही–१४ बस्ने ३१ वर्षीय विजयकुमार गुप्ता पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुमाथि विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ।

उक्त बैङ्कका तत्कालिन प्रवन्धक  ३० वर्षीय समिर बुढाथोकीले  हालको देव बिकास बैङ्क संग मर्ज हुने बेलामा त्यस बैङ्कको १७ करोड ९९ सय लाख ९० हजार रुपैयाँ अनियमितता गरी आफ्नो खातामा राखेको अभियोगमा भदौ ३  गते  उनलाई पक्राउ गरी जिल्ला अदालत दाङ्गमा आर्थिक अनियमित्ता विरुद्धको मुद्दा दायर गरिएको थियो ।

घोराही–१० नारायणपुर निवासी बुढाथोकीको बयानका आधारमा  प्रहरीले उक्त कसुरमा थप १० जनालाई पक्राउ गरेको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी  विनोद विक्रम शाहले जानकारी दिए ।

 



प्रकाशित: २०७६ भाद्र १६
September 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार