नेपाली समय: १२:५७:५० राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

दमकल थन्किने, आगलागीले घर जलिरहने !

निर्माण सञ्चार, १७ भदौ, कर्णाली प्रदेश । चन्दननाथ नगरपालिका १ निवासी जगत बहादुर रावतको घरमा सोमबार राति आगलागी भयो । बिजुलीको तार सर्ट भएपछि एक्कासि घरमा आगो नियन्त्रण गर्न दमकल बोलाउँदा गएन ।

जबकि, दमकल नगरपालिका परिसरमा थियो । दमकल नजाँदा निभ्ने आगो नियन्त्रणमा लिन सकिएन । जसका कारण करोडौ धनमालको क्षति भएको छ । 

जगत बहादुर रावतको घरमा रहेको सहरी गाउँघर क्वीलिकको कार्यालय, बाटुली कुलालको होटल र, जय बहादुर भण्डारीको पसल पुरै घर आगामलीबाट पुर्णरुपमा नष्ट भएको छ ।

शहरी क्वीलिनकमा आगलागी हुँदा सबै औषधी जलेका छन् । 

आपत्तकालीन अवस्थामा पनि सिटामल दिने अवस्था नरहेको इन्चार्ज जानकी महतले बताईन् । नगरपालिकाको दमकलले प्रभावकारी सेवा नदिएको यसअघि पनि गुनासा आएका थिए । 

यता प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार आगो नियन्त्रणका लागि दमकलका लागि नगरपालिका प्रमुखलाई फोन गरिएको तर मोबाइल अफ भएको पाइएको उनको भनाइ छ । 

पछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले झण्डै ३ घण्टाको अवधिमा आगो नियन्त्रणमा लिए । मानवीय क्षति नभएपनि अन्नपात लत्ताकपडा, भाडाकुँडा सबै जिन्सीहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ । 

राहात र उद्धारका लागि लाखौ रुपियाँ परेको दमकल प्रयोगमा नआउँदा पीडित पक्षले धेरै क्षति व्यहोर्नु परेको स्थानीय गौरीन्द आर्चायको भनाइ छ । 
आपत्तकालीन अवस्थामा प्रयोगमा नआउने दमकलाई सुुधार नगर्नु कर्मचारी जनप्रतिनिधि दुबैको गैरजिम्मेवारी रहेको उनको भनाइ छ । 

क्षति कति ? दमकलकै जति !

घरधनी रावतको २५ लाख ४१ ह्जार, बाटुली कुलालको होटलको क्षति १ लाख २६ हजार ४० रुपियाँ भएको प्रहरीको मुचुल्कामा उल्लेख छ ।  
सोहि घरमा रहेको जय बहादुर भण्डारीको खाद्यन्न पसलको २५ लाख ७५ हजार र शहरी क्वीईनिकको ४ लाख ८५ हजार गरी झण्डै ७५ लाख बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुईतले १३ कोठाको घर जलेर बस्ने ठाउँ छैन् । 
जनक बहादुर रावतको परिवारले अहिले आफन्तकोमा बसिरहेका छन् । दमकल नगएकै कारण करोडौमो क्षेति भएको हो । 

५ महिनादेखि दमकल थन्कियो, चाहेको बेला छैन

चन्दननाथ नगरपालिकाले आव २०७१÷७२ मा झण्डै ६० लाखको लागतमा आगलागी नियन्त्रणका लागि दमकल खरिद गर्यो । शुरुदेखि तातोपानी २ का तेज बुढा चालक थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा उनी पार्टीका प्रचारमा गए । पछि एक्कासी आएर राजनीनामा दिएपछि दमकल हाल सम्म चालक विहिन छ । तर पानी फाईरिङ गर्ने मोटर बिग्रीएको  ५ महिना भयो । तर जनप्रतिनिधिदेखि कर्मचारीले बनाउने विषयमा ध्यान नदिँदा करोडौको क्षेति हुन गएको हो । 

चालक पाइएन !

मेयर कान्तिका सेजुवालक अनुसार दुई पटक बनाइएको तर बिग्रिरहेकै छ । चालक पाउन कठिन रहेको छ ।

उनले भनिन्, ‘हेभी लाइसेन्सवाला चालक भेटाएका छैनौं । सूचना प्रकाशित गर्दा पनि दर्खास्त परेन, जसका कारण दमकल थन्किएको हो । आगालागीमा उद्धार गर्न नक्सनु हाम्रो दुखद पक्ष हो । अझै हेबी लाईसेन्स भएको चालक नभएसम्म पूर्णरुपमा दमकल संचालनमा आउने अबस्था छैन् । अन्य लाईसेन्स भएकोले चालकले दमकल चलाउन पाउँदैन् । 

चालक नभएको झण्डै २ वर्ष भयो । भने मोटर बिग्रेर थन्कीएको ५ महिना बढि भएको उपमेयर अप्सरा देवि महतले बताईन् । विज्ञ चालक नआएसम्म बनाउने र संचालन हुने कुरा अन्यौलमै छ । 

यो बीचमा कतै आगलागी भएमा राहात उद्धारका लागि दमकललाई खबर नगरैक उत्तम हुने देखिन्छ । तर नगरबासीले यसको कडा आलोचना गरेका छन् । विपत्तीमा काम नलाग्ने दमकल चाहिदैन, भन्दै चाडो संचालनमा ल्याउन समेत ध्यानकर्षण गराएका छन् । तर बनाउन अनिवार्य रुपमा हेवि लाईसेन्सवाला चालक चाहिने छ । जुम्लामै चालक छैन् । 

राहत प्रदान 

आगलागी पिडित जय बहादुर रावतलाई विभिन्न निकायले राहत प्रदान गरेका छन् । खाने गास, बस्ने बास र लगाउने कपास समेत नभएका पिडित परिवारलाई जिल्ला प्रशासनको राहात उद्धार कोषबाट १५ हजार नगद दिइएको छ । भने, नगरपालिकाले ३ कटा् चालम, एक काटुन तेल, बेसार लगायतको खाद्यन्न सामाग्री दिएको

नगरपालिकाका विपद संयोजक लक्ष्मीचन्द्र न्यौपानले बताए । 

उनका अनुसार रेडक्रसबाट पाल कम्बल, बाल्टी, थाल गिलास प्रदान गरिएको छ । तत्तकालका लागि मात्रै यति राहात दिएको र थप राहातका लागि नगरपालिका बैठक बसी प्रदान गरिने मेयर सेजुवालको भनाई छ ।

 

 

भने त्यसका साथै किर्डाक नेपाल र वल्र्डभिजनले पनि २० हजार बराबरको लत्ता कपडा, खाद्यन्न  राहात दिएको किर्डाक नेपालका दिपराज रावतले बताए । 

०००
 



प्रकाशित: २०७६ भाद्र १७
September 3rd 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्