नेपाली समय: ०१:०३:१९ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

दुर्गमका महिलालाई पाठेघर क्यान्सरको जोखिम

निर्माण सञ्चार, १८ भदौ, कर्णाली प्रदेश ।  सर्वोदय नेपालले जूम्लाका विभिन्न स्थानमा यही महिनामा महिलाको पाठेघर परीक्षण शिविर चलायो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान संगको सहकार्यमा संचालन गरिएको पाठेघर परीक्षण शिविरमा विभिन्न स्थानका करिब तिन सय महिलाले शिविबारबाट पाठेघर परीक्षण गराए ।

जसमा तातोपानी गाउँपालिकाको हाँकु स्वास्थ्य चौकीमामा ७८ जना तिला गाउँपालिकाको रारालिहि स्वास्थ्य चौकीमा ५५ जना र पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा  १ सय ५० जना गरी तीन सय महिलाको पाठेघर परीक्षण गरिएको प्रतिष्ठानका विशेषज्ञ डाक्टर निरेश थापाले बताए ।

उनका अनुसार पाठेघर परिक्षण गरिएको तीनसय जना महिला मध्ये १९ जना महिलामा पाठेघर क्यान्सरको समस्या देखिएको थियो । जसलाई थप उपचारका लागि शिविरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको डाक्टर थापाले बताए ।

त्यस्तै १९ जनाको पाठेघरमा सामान्य शल्यक्रिया समेत गर्नुु पर्ने अवस्था छ । भने केहीका पाठेघरमा त सामान्य घाउ समेत भएको पाइएको थियो । रेफर गरिएका  १९ जना महिलाको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै हुने तयारी भएको छ । पाठेघरमा समस्या देखिने १५ वर्ष देखि ४५ वर्षका  महिला तथा किशोरी रहेका छन् । यस अघि सर्वोदयले संचालन गर्दै आएका शिविरहरु मध्ये तुलनात्मक रुपमा कम भएपनि अझै महिला पाठेघर क्यान्सरको जोखिमै रहेको देखिन्छ ।

सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले भने,‘महिलाको पाठेघरमा संक्रमण हुनुको मुख्य कारण भनेको सरसफाई र कार्यबोझ हो।’गत वर्षमा संचालन गरिएको शिविबाट पाठेघरको समस्या भएकी तिला २ की गोरीकला नेपाली, तातोपानी १ की गाडे सार्की, र पातारासी ४ की राममाया बुढालाई थप उपचार गरेको थियो । उनीहरु अहिले निकै स्वस्थ छन् ।

अशिक्षा, चेतनाको कमीकै कारण महिलाहरु बढी काममा पिल्सीने समस्याले पनि पाठेघरको समस्या विकराल हुदै गएको कार्यकारी निर्देशक खत्रीकाभनाइ छ। उनका अनुसार यस क्षेत्रमा अझै पनि चेतनामुलक कार्यक्रम गर्नुपर्ने देखिएको छ। विशेषगरी सानो उमेरमा विवाह गर्ने र बच्चा जन्माउने, गर्भ अवस्थमा बोझिलो भारी बोक्ने बढि काम गर्ने, सरसफाईमा ध्यान नदिने र पोषणयूक्त खानाको  अभावले पाठेघरको संक्रमण बढी देखिने गरेको डाक्टर थापाको भनाइ छ । 

 

 

 

000



प्रकाशित: २०७६ भाद्र १८
September 4th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्